काठमाडौँको फोहोर व्यवस्थापनमा प्रधानमन्त्रीले नै पहलकदमी लिनुपर्छ : गगन थापा

96

काठमाडौँ, २५ जेठ । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद् गगन थापाले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा प्रधानमन्त्री शेरबहादुर देउवाले नै पहलकदमी लिन माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सहरी विकास मन्त्रालय र काठमाडौँ महानगरपालिकाले मात्र फोहोर व्यवस्थापन गर्न नसक्ने भन्दै उनले प्रधानमन्त्रीलाई पहलकदमी लिन माग गरेका हुन् ।

सांसद् थापाले कुहिने र नकुहिने फोहोर घरबाटै छुट्याउनुपर्ने भन्दै काठमाडौँबासीलाई आग्रह गरेका छन् । उनले काठमाडौँ उपत्यकाका अन्य नगरपालिकाले पनि फोहोर व्यवस्थापनमा सहयोग गर्न पनि सुझाव दिए ।

Share This:
सम्बन्धित खबर
Loading...