हालको सवारी इम्बोस्ट नम्बर राख्ने ठेक्का सेटिङवाला हो, खारेज हुनुपर्छ : अर्थमन्त्री आङ्वो

101

काठमाडौँ, २५ जेठ । प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोले सवारी साधन इम्बोस्ड नम्बर राख्न सरकारले दिएको वर्तमान ठेक्कालाई सेटिङवाला भन्दै खारेज गर्न माग गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले सवारी साधनमा इम्बोस्ड नम्बर अत्यन्तै जरुरी रहेको भए पनि हालको ठेक्का खारेज गरेर संविधानअनुसार त्यसको जिम्मा प्रदेश सरकारलाई दिनुपर्ने बताए ।

“सवारी साधनमा इम्बोस्ट नम्बर राख्नु अत्यन्तै जरुरी नै छ । तर, यो अहिलेको विवादास्पद सेटिङवाला इम्बोस्ट नम्बरको ठेक्का खारेज गरिदिउँ,” उनले भने,“संविधानमा नै यातायात व्यवस्थापन प्रदेशको क्षेत्राधिकारभित्र पर्ने भएकाले आफ्नो क्षमताअनुसार क्रमशः सबै सवारी साधनमा इम्बोस्ट नम्बर प्लेट जडान प्रदेशहरुबाटै गर्ने व्यवस्था गरौँ ।”

अहिले संसद्को प्रतिनिधिसभादेखि नागरिकस्तरसम्म इम्बोस्ट नम्बरका बारेमा विभिन्न धारणाहरु आइरहेका छन् ।

इम्बोस्ट नम्बरमा सवारीको अभिलेख डिजिटल रुपमा हुने भएकाले चोरी भए वा हराएमा भेट्न सजिलो हुने छ । साथै उक्त सवारीको नम्बर लामो दुरीसम्म देखिने भएकाले अपराधिक कार्यमा संलग्नको पहिचान गर्न सहज हुने तथा दुर्घटना हुनबाट बच्न सहयोग मिल्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...