सभापोखरी गाउँपालिकाको अध्यक्षमा कांग्रेसको जित, उपाध्यक्षमा एकीकृत समाजवादी

284

खाँदबारी, २ जेठ । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा नेपाली कांग्रेसका भीमबहादुर लिम्बू विजयी भएका छन् । एमालेका रत्न सुब्बालाई ७०२ मतले पछि पार्दै लिम्बू विजयी भएका हुन् ।

विजेता लिम्बूले तीन हजार सात मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी सुब्बाले दुई हजार ३०५ मत ल्याए । सुब्बा यसअघिका गाउँपालिका अध्यक्ष हुन् । उपाध्यक्षमा नेकपा (एकीकृत समाजवादी) की लक्ष्मी चापागाईं २ हजार ४३९ मत ल्याएर विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी सविता बरालले दुई हजार ३७६ प्राप्त गरिन् ।

त्यस्तै, वडा १ को वडाध्यक्षमा एमालेका ईश्वर पुलामी मगरले ६६० मत ल्याएर विजयी भए । उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका धनबहादुर वुर्जा मगरले ५४८ मत प्रप्त गरे । वडा २ मा एमालेका राजकुमार राईले ५८८ मत ल्याएर विजयी भएका छन् । कांग्रेसका डिकप्रसाद सुवेदीले ४३३ मत ल्याएर पाराजित भए । उनी यसअघि वडाध्यक्ष थिए । वडा ३ मा एमालेका दिलबहादुर तामाङले ५९९ मत ल्याएर विजयी भएका छन् ।

त्यसैगरी, उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विवेक घलेले ३२२ मत प्राप्त गरे । वडा ४ मा कांग्रेसका शुक्रराज लिम्बूले ३४१ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नवीन राईले २११ मत प्राप्त गरे ।

वडा ५ मा कांग्रेसका मनिष लिम्बूले २३२ मत ल्यएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का यमबहादुर सुब्बाले २०८ मत ल्याए । सुब्बा यसअघिका वडाध्यक्ष हुन् ।

वडा ६ मा नेपाली कांग्रेसका जितेन्द्र वनेम (लिम्बू)ले ६७९ ल्याएर विजयी भए भने एमाले विकास पौडेल ४५४ मत प्राप्त गरेर पराजित भए ।

Share This:
सम्बन्धित खबर
Loading...