मोरङ, ३१ वैशाख । विराटनगर महानगरपालिकाको छ ओटा वडाको मत गणना कार्य आज बिहान १० बजेदेखि सुरु भएको छ ।
महानगरमा रहेको १९ वडामध्ये १, २, १६, १७, १८ र १९ नम्बरको मत गणना सुरु भएको मुख्य निर्वाचन कार्यालय विराटनरका सूचना अधिकारी होमबहादुर बुढाथोकीले जानकारी दिए ।
विराटनगर महानगरपालिकामा एक लाख ३३ हजार १४२ मतदाता रहेकोमा ८९ हजार ६७८ (६७ दशमलव ३५ प्रतिशत) मतदान भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।