भोटखोला सडकखण्ड एक सातादेखि अबरुद्ध

206

खाँदबारी, २५ वैशाख । सङ्खुवासभाको मकालु गाउँपालिका–३ समाटारमा सुक्खा पहिरोका कारण उत्तरी क्षेत्र भोटखोला सडकखण्ड एक सातादेखि अवरुद्ध भएको छ ।

उत्तर दक्षिण सडकखण्ड अन्तर्गतको किमाथांका–खाँदबारी सडकमा सुक्खा पहिरोका कारण सडक अबरुद्ध हुँदा निर्वाचनका लागि त्यसक्षेत्र जाने कर्मचारी र यात्रु अलपत्र परेका छन् ।

समाटारमा सुक्खा पहिरो खसेपछि भोटखोला जाने सडकखण्ड एक सातादेखि अवरुद्ध भएको उत्तर दक्षिण सडक कार्यालयका प्रमुख इञ्जिनियर दिपेश रजकले जानकारी दिए । उनका अनुसार सुक्खा पहिरो झर्नेक्रम नरोकिएका कारण त्यस क्षेत्रमा स्काभेटर पुर्‍याएपनि सडकखण्ड खुलाउन समस्या भएको छ ।

सुक्खा पहिराले भोटखोला तथा मकालु गाउँपालिका जाने नागरिकको आवतजावत र सामान ढुवानी समस्यामा भएको हो । निर्वाचनको समयमा यात्रुको चाप बढिरहेको अहिलेको अवस्थामा पहिरो नरोकिएका कारण यात्रु बाटोमै अलपत्र परेको जनाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...