सङ्खुवासभा कांग्रेसद्वारा २३ बागी उम्मेदवारलाई कारबाही

195

खाँदबारी, २४ वैशाख । नेपाली कांग्रेस सङ्खुवासभाले पार्टीका बागी उम्मेदवारलाई निष्कासन गरेको छ ।

कांग्रेस सङ्खसवासभाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै गठबन्धन र पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका तथा प्रस्तावक र समर्थक बसेकालाई पार्टीबाट निष्कासन गरेको उल्लेख छ ।

सभापति दिपक खड्काले पार्टीका अधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने २३ जनालाई कारबाही गरेको जानकारी दिए । कारबाहीमा पर्नेमा धर्मदेवी नगरपालिकाका डम्बरबहादुर पौडेल, राजु घिमिरे, भोलामान घिमिरे र नवराज भण्डारी, मादी नगरपालिकाका यादवचन्द्र खड्का, मकालु गाउँपालिकाका बालकुमार राई, मिनलाल राई, राजिव कटुवाल, दिपेश गुरुङ, धनबहादुर तामाङ, दिलिप तामाङ, आङरिन्जे शेर्पा, धनबहादुर तामाङ र दिलिप विक छन् ।

यस्तै, पाँचखपन नगरपालिकाका सन्तोष बस्नेत, भरत बस्नेत, तिलक तामाङ, पूर्णबहादुर थापा, पुष्पबहादुर गुरुङ, सागर विक, कुमार राई, सलन राई र सन्देश याक्खालाई पनि कारबाही गरेको कांग्रेस सङ्खुवासभाले जनाएको छ ।

उनीहरुलाई पार्टीको विधान, २०१७ (संशोधनसहित)को परिच्छेद ९, धारा ३४, १ (घ) बमोजिम कारबाही गरिएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...