आइजीपी नियुक्तिको निर्णयविरुद्ध सर्वोच्च जाने पोखरेल र थापाको तयारी

383

काठमाडौँ, १८ वैशाख । सरकारले धिरजप्रताप सिंहलाई नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) नियुक्त गरेपछि संगठनमा असन्तुष्टि देखिएको छ ।

एकै ब्याचका भएपनि आफूभन्दा जुनियरलाई आइजीपी बनाइएको भन्दै अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)द्वय विश्वराज पोखरेल र सहकुलबहादुर थापाले अदालत जाने तयारी गरेका हुन् ।

पोखरेल सिंहभन्दा १६ महिनाअघि र थापा ११ महिनाअघि एआइजी बनेका थिए । आफूहरु सिनियर हुँदाहुँदै जुनियरलाई आइजीपी बनाइएको भन्दै कानुनी लडाइँ लड्ने उनीहरुले बताए ।

सिंह गत महिना मात्र एआइजीमा बढुवा भएका थिए ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले एआइजी सिंहलाई आइजीपीमा नियुक्त गर्ने निर्णय गरेको थियो । वरीयताको तेस्रो नम्बरमा रहेका सिंहलाई प्रधानमन्त्री शेरबहादुर देउवाको दबाबमा आइजीपी नियुक्त गरिएको हो ।

गृह मन्त्रालयले भने पहिलो नम्बरमा विश्वराज पोखरेललाई आइजीपीका लागि सिफारिस गरेको थियो ।

दुई महानिरीक्षकसहित १८ वैशाख २०४९ बाट सेवा प्रवेश गरेका सबै उच्च अधिकारीले आइतबार एकैपटक अनिवार्य अवकास पाएका छन् ।

नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंह नियुक्त

Share This:
सम्बन्धित खबर
Loading...