पाँच दलीय गठबन्धन बालुवा र तासको घर : विष्णु पौडेल

147

काठमाडौँ, १४ वैशाख । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले अहिलको सत्ता गठबन्धन बालुवा र तासको घर भएकाले तर्सनुपर्ने अवस्था नरहेको बताएका छन् ।

बुधबार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित उम्मेदवार अभिमुखीकरण तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पौडेलले बालुवा र तासको घर जस्तै रहेको गठबन्धन एमालेका लागि चुनौती हुन नसक्ने भन्दै तर्सनुपर्ने आवश्यकता नरहेको बताए ।

उनले चुनावमा पराजय स्वीकार गरेर गठबन्धन बनाएको तर्क गरे । पौडेलले एमालेले जित्दा मुलुकको समृद्धि र विकास अघि बढ्ने भएकाले जनताका लागि जित हासिल गर्नुपर्ने धारणा राखे । सरकारमा रहेका दलहरु आजका मितिमा पनि चुनाव सार्ने षडयन्त्रमा लागिरहेको उनको आरोप छ ।

उनले जतिसुकै कोसिस गरेपनि समयमा नै निर्वाचन गर्न र एमालेलाई विजयी हुनबाट कसैले रोक्न नसक्ने दाबी गरे । पौडेलले स्थानीय तहमा जितको सुरुवात गर्दै प्रदेश र केन्द्रको निर्वाचनमा विजयी हुँदै एमालेको एकल नेतृत्वको सरकार गठन हुने बताए ।

उनले तिलोत्तमा नगरपालिकाका १७ ओटै वडामा एमालेले शानदार विजयी हासिल गर्ने दाबी गरे ।

Share This:
सम्बन्धित खबर
Loading...