वडाध्यक्षका लागि सहोदर दाजुभाइ भिड्दै

306

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर १ मा वडाध्यक्षका लागि एकै घरका दुई दाजुभाइले मनोनयन दर्ता गराएका छन् ।

नेपालगञ्ज–१ मा फरक–फरक पार्टीबाट दाजुभाइले उम्मेदवारी दर्ता गराएका हुन् । उक्त वडाको वडाध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट विनोद रिजाल र नेकपा (एमाले)को तर्फबाट प्रमोद रिजालले उम्मेदवारी दिएका हुन् ।

कांग्रेसबाट उम्मेदवारी दिएका विनोदले २०४६ देखि विद्यार्थी राजनीति सुरु गरेका हुन् । उनी हाल तरुण दल बाँकेका सचिव छन् ।

विनोदका प्रतिस्पर्धी आफ्नै सहोदर भाइ प्रमोद अघिल्लो कार्यकालका पनि वडाध्यक्ष हुन् । उनी उपमहानगरपालिकाको प्रवक्तसमेत थिए । वडाध्यक्ष हुनुअघि प्रमोद कानुन व्यवसायी थिए ।

Share This:
सम्बन्धित खबर
Loading...