खाँदबारी नगरपालिकाको मेयरमा ९ जनाको उम्मेदवारी

517

खाँदबारी, १३ वैशाख । यही ३० वैशाखमा हुने स्थानीय तह निर्वाचका लागि सङ्खुवासभाको खाँदबारी नगरपालिकाको मेयरमा ९ जनाको उम्मेदवारी दर्ता भएको छ ।

खाँदबारी नगरपालिकाको मेयरका लागि स्वतन्त्रसहित ९ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत शान्तिप्रसाद आर्यायले जानकारी दिए ।

खाँदबारीको प्रमुखमा पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेका महेश थपलिया र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का दिव्यराज बरालले मनोनयन दर्ता गराएका छन् । यस्तै, नेकपा (एमाले)बाट जितबहादुर घिमिरेले प्रमुखमा र महेश्वरा श्रेष्ठले उपप्रमुखमा उम्मेदवारी दिएका छन् ।

राष्ट्रिय जनमुक्ति पार्टीका भरत राई, राष्ट्रिय जनमोर्चाका हेमकुमार गुरुङ, जनता समाजवादी पार्टीका सिताराम तिम्सिना, राष्ट्रिय प्रजातन्त्र पार्टीका सोमनाथ खनाल र स्वतन्त्रबाट प्रविन कार्की, सुदीप गुरुङ र खड्गबहादुर दमाइले नगरप्रमुखमा उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत आचार्यले बताए ।

त्यसैगरी उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिरादेवी श्रेष्ठ, जनता समाजवादी पार्टीबाट मैयाँ तिम्सिनाले उम्मेदवारी दर्ता गराएकी छन् ।

Share This:
सम्बन्धित खबर
Loading...