नेपाल आइपुगे डब्ल्युएचओका महानिर्देशक टेड्रोस

278

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयसस आज नेपाल आइपुगेका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा नेपाल आएका टेड्रोस बिहीबार दिउँसो काठमाडौँ उत्रिएका हुन् ।

टेड्रोस ३ दिने भ्रमणको क्रममा नेपाल आइपुगेका हुन् । नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटघाट गर्नेछन् ।

त्यसैगरी, उनले स्वास्थ्यमन्त्री खतिवडा र परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग पनि भेटघाट गर्नेछन् । यस्तै, नेपालमा रहँदा उनले नेपाल सरकारका उच्च अधिकारीसहित डब्ल्युएचओका नेपालस्थित प्रतिनिधि र संयुक्त राष्ट्रसंघका प्रतिनिधिसँग पनि छलफल गर्नेछन् ।

भ्रमणकै क्रममा उनले टाइफाइडविरुद्धको खोप अभियान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पनि अवलोकन गर्ने कार्यक्रम छ ।

Share This:
सम्बन्धित खबर
Loading...