ओलीको दाबी– एमाले विश्वभर फैलिएको छ, इतिहासकै सबैभन्दा ठुलो संगठन बनेको छ

295

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुको अगाडि चुनौती र व्यवधान पैदा गर्न खोजिएको टिप्पणी गरेका छन् । चुनौती र व्यवधानका बाबजुद आफूहरु इतिहासकै सबैभन्दा ठुलो संगठन बनेको र पार्टी (एमाले) विश्वभर फैलिएको ओलीको दाबी छ ।

बिहीबार केन्द्रीय सल्लाहकार परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै ओलीले त्यसको सामना गर्न एमाले तयार रहेको पनि बताए ।

एमाले इतिहासमा नै अहिले सबैभन्दा बढी संगठन विस्तार भएको ओलीको दबी छ ।

ओलीले एमालेको सूर्य चिन्ह कब्जा गर्न खोज्नेहरुको थुतुनो अहिले जलिरहेको टिप्पणी गरे । ओलीले हनुमानले सूर्य सिध्याउँछु भन्दा आफ्नो मुख जलेको उदाहरण दिँदै भने,“हनुमानले जस्तै यिनीहरुले पनि एमालेको सूर्य सिध्याउँछौँ भनेर खान खोजे तर उनीहरुकै थुतुनो अहिले जलिरहेको छ । एक वर्षअघि यिनीहरु भयंकर षड्यन्त्र गरेर पार्टी र सूर्य कब्जा गर्न खोजेका थिए तर मैले जनमत खण्डित भएकाले प्रतिनिधिसभा भंग गरेर पार्टी जोगाएँ ।”

ओलीले आफूलाई प्रचण्ड–माधव समूहले फौजदारी अभियोगको १९ पृष्ठ लामो आरोपपत्र दर्ता गरी पार्टी अध्यक्ष, प्रधानमन्त्री सबै पदबाट हटाएर त्यही अभियोगका आधारमा थुन्नेसम्मको षड्यन्त्र गरेको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...