आफैँलाई गोली हानेकी कपिलवस्तु शमशेरदलकी सैनिक कोपिलाको मृत्यु

194

कपिलवस्तु । आफैँलाई गोली हानेकी कपिलवस्तु शमशेरदल गणमा कार्यरत सिपाही कोपिला राजवंशीको मृत्यु भएको छ ।

कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) जेसी शाहका अनुसार भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा बिहान उनको मृत्यु भएको हो ।

“आज बिहान साढे ६ बजेतिर हामीलाई खबर आयो उहाँको निधन भयो,” सूचना अधिकृत शाहले भने । उनका अनुसार उपचारका लागि राति नै काठमाडौँ लैजाने तयारी गरिए पनि हेलिकोप्टर नआएकाले भैरहवामै उपचार गरिएको थियो ।

कपिलवस्तुको शमशेरदल गणमा कार्यरत सिपाही राजवंशीले आफ्नै पेटमा गोली हानेकी थिइन् । ड्युटीमा रहेका बेला आफैँले बोकेको एम–१६ राइफलले गोली हानेको प्रवक्ता डिएसपी शाहले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...