खाँदबारीमा माओवादीबाट उम्मेदवार सर्वसम्मत चयन

406

खाँदबारी । सङ्खुवासभाको खाँदबारी नगरपालिकामा नेकपा (माओवादी केन्द्र)ले मेयर पदमा दिव्यराज बराल र मालती भण्डारीलाई उम्मेदवार पदमा सर्वसम्मत चयन गरेको छ ।

सोमबार बसेको माओवादी नगर कमिटीको बैठकले खाँदबारीको मेयर र उपमेयर पदको उम्मेदवार सर्वसम्मत घोषणा गरेको माओवादी केन्द्र नगर कमिटीले जनाएको छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ पाँच दलको गठबन्धन नहुने भएपछि माओवादीले खाँदबारीको मेयरका लागि उम्मेदवारको टुंगो लगाएको हो ।

मेयर र उपमेयर पदका आकांक्षीहरुबीचको समझदारीपछि सर्वसम्मत उम्मेदवारी चयन गरेको नगर अध्यक्ष वीरबहादुर लिम्बूले जानकारी दिए । माओवादीले जिल्लामै पहिलो पटक खाँदाबरी नगरपालिकामा सर्वसम्मत उम्मेदवार घोषणा गरेको हो ।

पाँच दलीय गठबन्धनमा खटपट सुरु भएपछि माओवादीले उम्मेदवारी छनोट सुरु गरेको छ । खाँदबारी नगरको मेयर र उपमेयर घोषणासँगै वडा अध्यक्ष र अन्य सदस्यहरुको पनि चाँडै सर्वसम्मत चयन गरिने नगर अध्यक्ष लिम्बूले बताए । अन्य पालिकामा पनि उम्मेदवारको चाँडै टुंगो लगाउने माओवादी केन्द्रले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...