झिमरुक । प्युठानको झिमरुक गाँउपालिकामा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच स्थानीय तहको निर्वाचनका लागि तालमेल गर्ने सहमति भएको छ ।
यसअघि राष्ट्रिय जनमोर्चाले जितेको गाउँपालिकामा सत्तारूढ दलहरूको पटक–पटकको छलफलमा भागबन्डा मिल्न नसकेपछि दुई दल माओवादी केन्द्र र कांग्रेस मात्रै मिलेर लड्ने समझदारी गरेको छ ।
पालिका अध्यक्ष माओवादीलाई र उपाध्यक्ष कांग्रेसलाई दिने समझदारी बनेको छ । अरु वडा अध्यक्ष र सदस्य दुई दलको आपसी समझदारीका आधारमा टुंगो लगाइने भएको छ ।
माओवादीले पालिका अध्यक्षमा पितबहादुर एमसी र कांग्रेसले उपाध्यक्षमा प्रमोद पोखरेल उठाउने तयारी गरेको छ ।