चुनावमा गठबन्धन गर्नुपर्छ भनेर जबरजस्ती निर्णय लाद्नु हुँदैन : महामन्त्री थापा

90

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसका कोही नेता तालमेलको पक्षमा नरहेको बताएका छन् ।

काठमाडौँ क्षेत्र नम्बर ४ मा पार्टी कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचनमा हारजित स्वाभाविक भएको बताए ।

“नेपाली कांग्रेस पार्टीको कोही पनि तालमेलको पक्षमा हुनुहुन्न । बरु निर्वाचनमा हारे हारौँला हारजित हुन्छ तपाईंहरु त्यहीअनुसार अघि बढ्नुस्,” थापाले कार्यकर्तालाई निर्देशन दिँदै भने ।

आफू विभिन्न जिल्लाका नेता कार्यकर्तासँग सम्पर्कमा रहेको उनले सुनाए । तल्लो तहका कार्यकर्ताहरुले गठबन्धन नगरी चुनाव लाड्नुपर्छ भनिरहेका बेला गठबन्धन गर्नुपर्छ भनेर माथिबाट निर्णय लाद्न नहुने बताए । जबरजस्ती निर्णय लाद्‌दा चुनावमा सोचेभन्दा फरक परिणाम हुने उनको भनाइ थियो ।

“५० भन्दा बढी जिल्लाका साथी तालमेलको पक्षमा छैनन् । मतदानदेखि नेतासम्म विरोधमा छन् । विचार प्रमुख भन्ने कुरामा उनीहरु अडिग छन् । जबरजस्ती लाद्ने को भने सोचेभन्दा मतदाताले फरक व्यवहार गर्न सक्छन् भन्ने उनीहरुको भनाइ छ,” उनले भने ।

उनले उम्मेदवार र चनावी अभियानका लागि कार्ययोजनासहित अघि बढ्न पनि जोड दिए ।

महामन्त्री थापाले कांग्रेसको चुनाव चिन्हबाट चुनाव लडेर जितेका जनप्रतिनिधिहरुले स्थानीय तहमा एक रुपैयाँ पनि अपचलन गर्दैनौँ भनेर प्रतिबद्धता जनाउनुपर्ने उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...