ओलीले भने– कसले टिकट पाउँछ ठुलो कुरा होइन, पार्टीले जित्नुपर्छ

219

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावको मतदान नसकिएसम्म आफ्ना असन्तुष्टिहरुलाई आफूसँगै राख्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

एमाले नुवाकोट जिल्ला कमिटीले बट्टारमा आयोजना गरेको बृहत् चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कसले टिकट पायो भन्नेभन्दा पनि पार्टीले जित्ने कुरा ठुलो भएकाले एमाले जिताउन केन्द्रित हुनुपर्ने बताए ।

“चुनावमा एउटाले टिकट पाउँछ, अरु जिताउन लाग्ने हो । कसले टिकट पाउँछ ठुलो कुरा होइन, पार्टीले जित्नुपर्छ । अहिले असन्तुष्टि पोख्ने बेला होइन । वैशाख ३० गतेपछि जेठ ४÷५ गते बसेर असन्तुष्टिका स्वरको समीक्षा गरौँला ।”

अध्यक्ष ओलीले सबै एमाले पंक्तिको काम मत बढाउने र मतको सुरक्षा गर्ने रहेको भन्दै चुनावमा मतपेटिकालाई आँखाबाट ओझेलमा पर्न नदिनसमेत कार्यकर्तालाई निर्देशन दिए ।

उनले भने,“मत बढाएर मात्र हुन्न, त्यसको सुरक्षा पनि गर्नुपर्छ । बत्ती निभाएर, बाकस साटेर, मतपत्र च्यातेर चपाउनेहरु छन् । तिनीहरुसँग होसियार हुनुहोस् । मतपत्र आँखाबाट ओझेल पर्न नदिनुस् ।”

कार्यक्रममा नेपाली कांग्रेसका पूर्वजिल्ला उपसभापति यामबहादुर थापालगायतको टोली एमाले प्रवेश गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...