मुख्यमन्त्री राईद्वारा सिरुवा पर्वको शुभकामना व्यक्त

221

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले तराईमा बसोबास गर्ने आदिवासी समुदायले मनाउने महान् चाड सिरुवा पर्वको उपलक्ष्यमा सुख, शान्ति, दीर्घायु एवम् प्रगतिको कामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री राईले आज एक शुभकामना सन्देश जारी गर्दै यस सुखद् अवसरमा देश, विदेशमा बस्ने दाजुभाइ, दिदीबहिनीसहित सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवम् प्रगतिको शुभकामना व्यक्त गरे । सन्देशमा उनले नेपाल सदियौँदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकका रुपमा रहेको उल्लेख गरेका छन् ।

“यो विविधता नेपाल र नेपालीको पहिचान, गहना र सम्पत्तिसमेत बनिसकेको छ, त्यसैले सबै भाषा, धर्म, संस्कृति, चाडपर्वको संरक्षण एवम् सवर्द्धन गर्नु राज्य र सम्पूर्ण नेपालीको साझा दायित्व हो,” सन्देशमा उनले भनेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...