कांग्रेस काम गर्ने पार्टी हो : प्रवक्ता महत

183

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकशशरण महतले नेपाली कांग्रेस गफ गर्ने नभइ काम गर्ने पार्टी भएको बताएका छन् ।

नुवाकोटको दुप्चेश्वरमा आयोजित दोस्रो आरडब्लु समर स्लाम रेस्लिङ प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रवक्ता महतले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउने गरी काम गर्न नेता कार्यकर्तालाई आग्रह गरे ।

“नुवाकोट जिल्ला मात्र नभइ देशका सबै जिल्लामा विकासको मूल फुटाउने काम कांग्रेसले सुरु गरेको हो,” उनले भने,“हामी गफ गर्ने पार्टी होइनौँ, अरु गफ गर्ने र हल्लाखल्ला बढी गर्छन् । कांग्रेस काम गर्नमा व्यस्त हुन्छ । चुनावमा गफ गर्नेलाई नभइ काम गर्ने पार्टीलाई जनताले विश्वास गर्नुपर्छ ।”

उनले नुवाकोटको दुप्चेश्वर महादेव मन्दिरलाई देशका प्रसिद्ध १० शक्तिपीठमध्येको एक बनाउने प्रतिबद्धता जनाए । उनले भने,“मन्दिरको संरक्षणका लागि गुरु योजना बनाएर पुरातात्विक मापदण्डअनुसार आवश्यक संरचना निर्माण गर्नुपर्दछ ।”

Share This:
सम्बन्धित खबर
Loading...