तीनै तहका निर्वाचनमा कांग्रेसलाई विजय गराउने अभियानमा लागौँ : शेखर कोइराला

269

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आगामी तीनै तहका निर्वाचनमा कांग्रेसलाई विजय गराउने अभियानमा सबै लाग्नुपर्ने बताएका छन् ।

नयाँ वर्ष २०७९ को अवसरमा आज शुभकामना सन्देश दिँदै उनले यो वर्ष चुनावी वर्ष भएकाले तीनै तहको निर्वाचनमा कांग्रेसलाई विजयी गराउने अभियानमा सबै लाग्नुपर्ने बताएका हुन् ।

उनले सबैको क्रियाशीलतामा मात्र कांग्रेस र लोकतन्त्रको भविष्य सुनिश्चित रहेको भन्दै केन्द्रदेखि गाउँसम्म अब विभाजित नभइ निर्वाचनमा लाग्नुपर्ने बताए । विगतको वर्ष कष्टकर रहेको भन्दै डा.कोइरालाले नयाँ वर्षलाई उत्साह र एकताका साथ अगाडि बढाउनुपर्ने उल्लेख गरे ।

उनले पार्टीभित्र भएका मतभेद र मनभेदलाई पार्टीभित्रै छलफल, बहस र छिनोफानो गर्दै जाने जनाउँदै पार्टीभित्र भएका अन्यायपूर्ण निर्णय, काखा र पाखा गरिने प्रवृत्तिविरुद्ध संघर्ष गर्दै जाने बताए ।

Share This:
सम्बन्धित खबर
Loading...