नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस

201

काठमाडौँ । नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

प्रहरीको बढुवा सिफारिस समितिको बुधबार बसेको बैठकले एसएसपी नलप्रसाद उपाध्यय, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी र साउद अलाम खाँलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरिएको हो ।

प्रहरी नियमावली २०७१ (संशोधनसहित)को नियम २७ को उपनियम ४ अनुसार ४ एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव एवम् प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...