एमाले र राप्रपा नेपालबीच चुनावी तालमेलको सहमति

241

काठमाडौँ । नेकपा (एमाले) र राप्रपा नेपालबीच स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ ।

बुधबार काठमाडौँमा दुई दलका नेताहरुबीच तालमेल गर्ने सहमति भएको हो । यो सहमतिसँगै अब राप्रपा नेपालले स्थानीय तह निर्वाचनमा एमालेको चुनाव चिन्ह सूर्य लिएर प्रतिस्पर्धा गर्ने भएको छ ।

दुवै पार्टीबीच देशभरिका तालमेल सम्भव भएका पालिकाहरुमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने भएको हो ।

दुवै दलका नेताहरुबीच भएको छलफलपछि ५ बुँदे सहमतिमा हस्ताक्षर भएको छ । सहमतिअनुसार राप्रपा नेपालका उम्मेदवारले सूर्य चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने र निर्वाचित भएपछि उनीहरु राप्रपा नेपालमै आबद्ध रहने छ ।

त्यस्तै, राप्रपा नेपालले उम्मेदवार नदिएका ठाउँमा एमालेका उम्मेदवारलाई सघाउने सहमति भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...