कमल थापाकी छोरी प्रतिष्ठाले त्यागिन् राप्रपा

134

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाकी छोरी प्रतिष्ठा थापा रायमाझीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेकी छन् ।

गत महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित उनले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी हुन् ।

पार्टी र नेतृत्वमा केही महिनादेखि देखिएको सैद्धान्तिक र नैतिक विचलनका कारण आफूले भारी मनका साथ पार्टी परित्याग गर्नुपरेको उनको राजीनामा पत्रमा उल्लेख गरेकी छन् ।

Share This:
सम्बन्धित खबर
Loading...