सत्ता गठबन्धनको अपिल : आपसी मदभेदलाई पन्छाउँदै चुनाव एकअर्कालाई सहयोग गरौँ

272

काठमाडौँ । सत्ता गठबन्धनका पाँच दलले सामूहिक अपिल जारी गर्दै आपसी सहयोग गर्ने प्रण गरेका छन् । तालमेलका विषयमा स्थानीय स्तरमा देखिन थालेको बेमेललाई सम्बोधन गर्दै यस्तो प्रण गरेका हुन् ।

अपिलमा भनिएको छ,“लोकतन्त्रको फराकिलो बाटोमा नेपाली जनतालाई स्वतन्त्रतापूर्वक अगाडि बढाउन र नेपाली समाजमा न्याय र समानता कायम गर्न प्रतिगमनलाई परास्त गर्दै नेपाल राष्ट्रको सर्वाङ्गीण र अग्रगामी विकास र समृद्धि हासिल गर्न पाँचदल प्रतिबद्ध छ र हिजोको सबै आपसी मतभेदलाई पर पन्छाउँदै चुनावमा एकअर्कालाई निरन्तर सहयोग गर्ने प्रण गर्दछौँ ।”

देशैभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न पाँच दलका नेता/कार्यकर्तालाई आह्वान गरिएको छ ।

परिवर्तन विरोधी र प्रतिगामी दुराशयबाट देश र लोकतन्त्रलाई जोगाउन पाँच दलीय गठबन्धन बनेको बताउँदै आगामी चुनावमा सँगै रहने प्रतिवद्धता दोहोर्याइएको छ ।

व्यापक सहभागितासहित आगामी स्थानीय तहको निर्वाचन सफल पार्नका लागि पाँच दलीय गठबन्धनका उम्मेदवारलाई अमूल्य मत दिइ विजयी बनाउन हुन सबैमा अनुरोध गरेका छन् ।

विज्ञप्तिमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता अशोककुमार राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।

No description available.

Share This:
सम्बन्धित खबर
Loading...