काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगको भूमिका निष्पक्ष हुनुपर्ने बताएका छन् ।
एमालेले आयोजना गरेको कार्यक्रममा उनले भने,“निर्वाचन आयोगले निष्पक्ष भएर भूमिका खेलोस्, दलहरुको सुझावमा चलोस्, हामी निष्पक्ष निर्वाचन आयोग हेर्न चाहन्छौँ ।”
उनले आयोगले जारी गरेको आचारसंहिता कडाइका साथ पालना गर्न पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गरे । “आचारसंहिताको कहीँ कमी कमजोरी नरहने गरी गतिशीत ढंगले पालना गर्न आग्रह गर्दछु,” उनले भने,“हाम्रो पार्टी कानुनी राजको पालना गर्ने पार्टी हो त जे गरे पनि बोल्न नसक्ने भने पार्टी भने होइन ।”
उनले राजनीतिक दलसँग परामर्श नगरीकन निर्वाचन आयोगले आचारसंहिता लागु गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । अध्यक्ष ओलीले भने,“निर्वाचन आचारसंहिता सबैले मान्नुपर्दछ तर आचारसंहिता लागु गर्ने विषयमा हामीसँग निर्वाचन आयोगले सल्लाह पनि गरेन ।”