एमाले गलत व्यक्तिको कब्जामा गएपछि नयाँ पार्टी खोल्नु पर्‍यो : माधव नेपाल

246

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले गलत व्यक्तिको कब्जामा गएका कारण नयाँ पार्टी खोल्नुपरेको बताएका छन् ।

शनिबार काठमाडौँमा दोलखा–काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले एमाले गलत व्यक्तिको कब्जामा गएको र बोल्न पनि नदिएका कारण नयाँ पार्टी खोल्नुपरेको भन्दै छोटो समयमा नै पार्टी बलियो भएको दाबी समेत गरे । उनले एमालेमा विद्रोह गर्न नसकेका केही नेताको अवस्था बिजोग गरेको टिप्पणी गरे ।

त्यस्तै, नेपालले आफू एमालेमा रहँदा निकै लोकप्रिय कार्यक्रम ल्याएको र त्यसको जस अरु कसैले लिन खोजेको बताए । अहिले आफूहरुलाई अरुको गाली गर्ने फुर्सद नरहेको र सकारात्मक सोचका साथ पार्टीलाई अघि बढाइरहेको उनको भनाइ छ ।

उनले आगामी निर्वाचनमा पार्टीलाई जिताउनका लागि इमान्दारीपूर्वक जनतामाझ जान सुझाव दिए ।

Share This:
सम्बन्धित खबर
Loading...