पाँचखपनका मेयर विपिन राईले गरे गाडी फिर्ता

408

खाँदबारी । सङ्खुवासभाको पाँचखपन नगरपालिका मेयरले प्रयोग गर्दे आएको गाडी नगरपालिकालाई फिर्ता गरेका छन् ।

मेयर विपिन राईले प्रयोग गर्दै आएको को १ झ ५४० नम्बरको स्कार्पियो गाडी फिर्ता गरेका हुन् । शुक्रबार गाडी र मोटरसाइकलको चावी प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडालाई हस्तान्तरण गरेका हुन् ।

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा बहालवाला जनप्रतिनिधिले लोकप्रियता देखाउन आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गर्न थालेका छन् । निर्वाचन आचारसंहितालाई ध्यानमा राखी आफूले प्रयोग गर्दै आएको सवारीसाधन फिर्ता गरेको राईले बताए ।

आफूले प्रयोग गर्दे आएको गाडी र मोटरसाइकल फिर्ता गरेको मेयर राईले बताए । स्थानीय तह निर्वाचन नजिकिँदै गइरहेका बेला जनप्रतिनिधिहरूले आफूले प्रयोग गर्ने सरकारी गाडी धमाधम फिर्ता गर्न थालेका छन् ।

निर्वाचन प्रचार प्रसारका साथै पार्टीको काममा सरकारी गाडीको दुरुपयोग भएको सामाजिक सञ्जालमा चर्चा चल्न थालेपछि केही जनप्रतिनिधिले गाडी फिर्ता गरेर लोकप्रियता देखाउन थालेका छन् । मेयर राई गाडी फिर्ता गर्ने जिल्लाकै पहिलो जनप्रतिनिधि हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...