एमालेले विकास र समृद्धिको नेतृत्व गरेको छ : महासचिव पोखरेल

224

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेले विकास र समृद्धिको नेतृत्व गरेको बताएका छन् । नेकपा एमाले सञ्चार इलाकाले आयोजना गरेको कार्यक्रममा उनले एमाले नेतृत्वको सरकारले विगतमा धेरै कामको सुरुवात गरेको बताए ।

प्रधानमन्त्रीका रुपमा रहँदा केपी शर्मा ओलीले नागरिकलाई सपना देखाएको र ती सपना साकार बनाउन काम थालेको उनको भनाइ थियो ।

उनले भने,“हिजो शिल्यान्यास भएका योजनाको अहिले उद्घाटन भइरहेको छ ।” नेकपा (एमाले)प्रति सबै उमेर, क्षेत्र र वर्गको आकर्षण बढिरहेको महासचिव पोखरेलले बताए । अहिले सबैतिर पार्टी प्रवेशको लहर नै रहेको उनले औँल्याए ।

यो पटक पहिलो पटक निर्वाचनमा सहभागी हुन लागेका धेरै एमाले र केपी ओलीप्रति आकर्षित भएको उनको भनाइ छ ।

नेकपा (एमाले)बाट नेकपा (एकीकृत समाजवादी) छुट्टिएर जाँदा पार्टीलाई कुनै नोक्सानी नभएको भन्दै उनले सो पार्टीमा गए जति पूर्वमाओवादीबाट आएकाले समग्रमा पार्टीमा घाटा नभएको उनले बताए ।

नेकपा (एमाले)का प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पार्टीमा अहिले कुनै पनि विवाद नभएकाले अघिल्लो निर्वाचनभन्दा बढी सिट जित्ने गरी लागिएको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...