काठमाडौँ । स्थानीय तहको निर्वाचन र अन्य विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लगायत सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आजको बैठकले बिहीबार मन्त्रिपरिषद्ले गरेका नियुक्ति तथा महानगरपालिकामा गठबन्धनको विषयमा छलफल गर्ने छ ।