निर्वाचन आचारसंहिता लागु गर्दै आयोग, के गर्न पाइन्छ, के गर्न पाइँदैन ?

237

काठमाडौँ । निर्वाचन आयोगले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि आचारसंहिता लागु गर्ने भएको छ । आचारसंहिता पालना गर्ने प्रतिबद्धता पत्रमा राजनीतिक दलहरुलाई हस्ताक्षर गराइसकेको निर्वाचन आयोगले आज मध्यरातदेखि मतदानको दिनसम्म कार्यान्वयन गर्न लागेको हो ।

निर्वाचन आयोगले चैत ३ गते निर्वाच्न आचारसंहिता राजपत्रमा प्रकाशित गरेको थियो । उक्त आचारसंहिताको एक बुँदामा भने सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । बहालवाला जनप्रतिनिधि भाग लिन नपाउने व्यवस्थाविरुद्ध सर्वोच्चमा परेको रिटमा अन्तरिम आदेश जारी भएको हो ।

आयोगले सामाजिक सञ्जालदेखि उम्मेदवार र अन्यलाई निर्वाचनमा गर्न नपाउने व्यवस्था समावेश गरेर आचारसंहिता जारी गरेको छ । आचारसंहिता लागेपछि सरकारले सरुवा बढुवालगायत निर्णय गर्न पाउने छैन ।

आचारसंहिता लागु भएपछि कुनै पनि दल वा उम्मेदवारले स्थानीय प्रशासनको अनुमति नलिइ सार्वजनिक स्थानमा सभा, जुलुस, बैठक, भेलालगायतका काम गर्न बर्जित हुन्छ । यसैगरी, योजनाको शिलान्यास, उद्घाटन, सर्वेक्षणलगायत काम गर्न पनि पाइँदैन ।

निर्वाचन प्रचारप्रसारको काम बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाइन्छ ।

Share This:
सम्बन्धित खबर
Loading...