सत्ता गठबन्धनको चुनावी तयारी समिति बैठक बालुवाटारमा जारी

273

काठमाडौँ । सत्ता गठबन्धनले बनाएको स्थानीय तह चुनाव केन्द्रित तयारी तथा अनुगमन समितिको बैठक बालुवाटारमा बसेको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको सत्ता गठबन्धनले चुनावी तयारी तथा अनुगमन समिति गठन गरेको थियो । उक्त समितिको आज पहिलो बैठक बसेको हो ।

बैठक सञ्चालन कार्यविधि बनाउनेदेखि चुनावी मापदण्ड तयार पार्ने जस्ता कामका लागि आज बैठक बसेको हो ।

कुन पालिकामा कुन दलको कस्तो अवस्था छ भन्ने हेरेर गठबन्धनभित्र रहेका दलहरुले चुनावी तालमेलको ढाँचा तय गर्ने भएका छन् ।

पौडेल संयोजक रहेको समितिमा कांग्रेसबाट महामन्त्री गगन थापा र सञ्चार मन्त्रीसमेत रहेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन् ।

यस्तै, नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन र देव गुरुङ, नेकपा (एकीकृत समाजवादी)बाट महासचिव बेदुराम भुसाल र विजय पौडेल, जनता समाजवादी पार्टी (जसपा)बाट वरिष्ठ नेता अशोक राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादव र राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी सदस्य छन् ।

Share This:
सम्बन्धित खबर
Loading...