सम्झौता कार्यान्वयन हुनुपर्छ, उधारो आश्वासन मान्दैनौँ : महन्थ ठाकुर

246

परासी । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले सरकारसँग भएका सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् । उनले उधारो आश्वासन नमान्ने भन्दै नगदमा कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)स्थित पाल्हीनन्दन ५ गेरामीमा पार्टीको जिल्ला समितिले आयोजना गरेको जनसभालाई उनले भने, “हाम्रा माग सम्बोधनका लागि सबै प्रधानमन्त्रीसँग सम्झौता भएको छ, वर्तमान सरकारसँग पनि सम्झौता कार्यान्वयनका लागि कुरा भइरहेको छ, सकारात्मक जबाफको प्रतीक्षामा छौँ, उधारो आश्वासन मान्दैनौँ ।”

मधेस आन्दोलनका क्रममा धेरै कार्यकर्तालाई झुटा मुद्दा लगाइएको भन्दै उनले भने, “ओली प्रधानमन्त्री हुँदा १३९ जना रिहा भएका थिए, बाँकीलाई पनि विनाशर्त रिहा गर्नुपर्छ, सम्झौता कार्यान्वयन नभएसम्म संघर्ष जारी रहन्छ ।”

नेता ठाकुरले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरिएको भन्दै असन्तुष्टि जनाए । नागरिकता नहुँदा मधेसका हजरौँ नागरिकले समस्या भोगिरहेको भन्दै नागरिकता विधेयक छिटो अघि बढाउन उनले माग गरे ।

Share This:
सम्बन्धित खबर
Loading...