सत्ता गठबन्धनभन्दा बाहिरको गठबन्धन प्राथमिकता होइन : नारायणकाजी श्रेष्ठ

230

गोरखा । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सत्ता गठबन्धनभन्दा बाहिरको गठबन्धन प्राथमिकता नभएको बताएका छन् ।

गोरखाको पालुङटार नगरपालिकामा आयोजित पार्टीको गोरखा, लमजुङ र मनाङको चुनावी कमाण्डले आयोजना गरेको पार्टीको भेला तथा प्रशिक्षण कार्यक्रममा उनले सम्मानजनक ढंगबाट गठबन्धन नभए पार्टी एक्लै चुनावमा जाने बताए ।

वरिष्ठ नेता श्रेष्ठले गठबन्धन बनाएर निर्वाचनमा जाँदा गठबन्धनमा रहेका सबै दलको हित हुने गरी सहमति भए मात्र गठबन्धन स्वीकार्य हुनेसमेत बताए ।

“हाम्रो पार्टीको प्राथमिकता गठबन्धनका लागि गठबन्धन मात्र होइन,” उनले भने,“गठबन्धन बनाएर निर्वाचनमा होमिएपछि सहमतिको अक्षरशः पालना हुने गरी मात्र हुनुपर्छ ।”

उनले पार्टीले आन्तरिक एकतालाई सुदृढ पारेर निर्वाचनमा होमिनुपर्ने बताए । वरिष्ठ नेता श्रेष्ठले पार्टीले अबलम्बन गरेको समाजवादको लक्ष्य हासिल गर्नका लागि सडक, सदन र सरकारमा संघर्षको रणनीति लिएर पार्टी अघि बढिरहेको उल्लेख गरे ।

Share This:
सम्बन्धित खबर
Loading...