काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिमा २८ सदस्य मनोनीत गरेका छन् ।
महामन्त्री गगन थापाको संयोजकत्वमा गठित घोषणा पत्र तयारी समितिमा देउवा पत्नी एवम् केन्द्रीय सदस्य आरजु राणा देउवासमेत मनोनीत भएकी छन् ।
काठमाडौँ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी, धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड, नेपालगञ्जकी उपमहानगरकी उपमेयरकी उमा थापामगर, चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजवाल, निलकण्ठ नगरपालिकाका मेयर भीम ढुंगाना, वालिङ नगरपालिकाका मेयर दिलिपप्रताप खाण, इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ, दिप्रुङ चुइँचुम्पा गाउँपालिकाका अध्यक्ष भुपेन्द्रराई पनि तयारी समितिमा अटाएका छन् ।
