मतपत्र छपाइ आजदेखि सुरु हुँदै

308

काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आजैदेखि मतपत्र छपाइ कार्य सुरु हुने भएको छ ।

सोमबार निर्वाचन आयोगद्वारा आयोजित नियमित पत्रकार भेटमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनक शिक्षा सामग्री केन्द्रमा निर्वाचनका लागि आवश्यक मतपत्र आयोगको निर्णयपछि आजैदेखि छपाइ सुरु हुने जानकारी दिए ।

उनले कुल २३ लहर समूहका ७७ प्रकारका एक करोड ९४ लाख थान मतपत्र छपाई हुने जानकारी दिए । आयोगका अनुसार सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुने छ भने सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौँको हुने आयोगले जनाएको छ ।

उनले राजनीतिक दलको आधिकारिक पत्रका आधारमा रु सात हजारमा देशभरको तथा पाँच हजार तिरेर प्रदेशको मतदाता नामावली आयोगबाट लिने सकिने जानकारी दिए ।

त्यस्तै, आयोगले निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका, निर्वाचन तालिम निर्देशिका, मतदान निर्देशिका र मतगणना निर्देशिका आयोगबाट पारित भइ कार्यान्वयनमा आइसकेको जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...