दिपेन्द्र बने टी–२० मा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी

306

काठमाडौँ । मध्यक्रमका ब्याटर दिपेन्द्रसिंह ऐरी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन बनाउने पहिलो नेपाली ब्याटर बनेका छन् ।

त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय शृंखलाको फाइनल खेलमा पपुवा न्युगिनी (पिएनजी)विरुद्ध २१ रन जोडेसँगै दीपेन्द्र टी–२० अन्तर्राष्ट्रिय यो कोशेढुङ्गा पार गर्ने पहिलो नेपाली ब्याटर बने ।

यसअघि लिग चरणको अन्तिम खेलमा मलेसियाविरुद्ध अविजित शतकीय इनिङ खेलेका दिपेन्द्र नेपालका लागि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीसमेत हुन् ।

यस सूचीको दोस्रो स्थानका पारसको ७९९ रन छ । तेस्रो नम्बरका ज्ञानेन्द्र मल्लको ७४८ रन छ ।

यस्तै, ओपनर कुशल भुर्तेल ५७३ रन सहित चौथो स्थानमा छन् । उनी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने आइसिसी एसोसियट राष्ट्रको छैटौँ खेलाडी समेत बने ।

Share This:
सम्बन्धित खबर
Loading...