चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने पाँच दलको निर्णय

232

काठमाडौँ । चितवनको सबै स्थानीय तहमा सत्तारुढ दलहरुबीच गठबन्धन गर्ने निर्णय भएको छ । नेपाली कांग्रेसको नेतृत्वमा सोमबार बसेको पाँच दलीय गठबन्धनको बैठकले जिल्लाका सातै स्थानीय तह र जिल्ला समन्वय समितिमा चुनावी तालमेल गर्ने निर्णय गरेको हो ।

कांग्रेस जिल्ला कार्यसमिति सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको बैठकले स्थानीय तह र जिल्ला समन्वय समितिमा समेत चुनावी तालमेल गरी जाने निर्णय गरिएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

तालमेलका सन्दर्भमा संयुक्त संयन्त्र निर्माण गरी छलफल प्रक्रिया अगाडि बढाइने निर्णयमा उल्लेख छ । संयुक्त संयन्त्रको संयोजन नेपाली कांग्रेसको पालिका सभापतिले गर्ने सहमति भएको छ । यस्तै, गठबन्धनमा सहभागी दलहरुका बीच गठबन्धनको मर्म र भावनाअनुरुप एक आपसमा सम्मान र हार्दिकताको विकास गर्दै संयुक्त रुपमा आसन्न स्थानीय तहको निर्वाचनमा सहभागी हुने निर्णय गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

पाँच दलले केन्द्रको परिपत्रअनुसार दलगत वस्तुस्थितिबारे प्रतिवेदन तयार गर्न प्रत्येक दलबाट १–१ जना प्रतिनिधि रहने गरी एक कार्यदल पनि गठन गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...