हामी गठबन्धनको पक्षमा छैनौँ : ईश्वर पोखरेल

268

चितवन । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले एमाले कुनै पनि गठबन्धनको पक्षमा नरहेको बताएका छन् ।

प्रेस चौतारी चितवनले सोमबार बिहान आयाजना गरेको पत्रकार सम्मेलनमा उनले भने,“तपाईंहरु एकदम प्रष्ट हुनुहोला, नेकपा (एमाले) कुनै गठबन्धनको पक्षमा छैन ।”

स्थानीय आवश्यकताअनुसार सहमति हुनसक्ने उल्लेख गर्दै उनले केन्द्रबाट कुनै पनि दलसँग गठबन्धन नगर्ने बताए ।

“स्थानीय आवश्यकताअनुसार लोकल एड्जस्टमेन्टको कुरा हुनसक्ला, त्यो आज मात्रै होइन,” उनले भने,“विसं २०४८ को संसदीय निर्वाचनमा पनि लोकल एड्जस्टमेन्टका अभ्यास हामीले गर्ने कोशिश गरेका थियौँ ।” उनले एमाले गठबन्धनको हिसाबले नजाने भन्दै गठबन्धन नबनाउने स्पष्ट पारे ।

“हामी गठबन्धन भएन भने सिद्धिन्छौँ भन्ने पक्षमा छैनौँ, गठबन्धनका पक्षमा निर्वाचन लड्दैनौँ,” उनले भने । उनले विचार र कामका आधारमा निर्वाचन हुने भएकाले पाँच दलको गठबन्धन भए पनि एमाले एक्लै काफी हुने जिकिर गरे ।

एमालेले गरेका काम र आगामी दिनमा गर्ने कामको प्रतिबद्धताका आधारमा चुनाव जित्ने आफूहरुको प्रयत्न हुने पोखरेलले जिकिर गरे ।

“उम्मेदवार मनोनयन दर्ता गर्ने समय दुई दिन भनिएको छ, केका लागि दुई दिन चाहियो ?” उनले भने,“कहीँ नभएको नियम यहाँ लगाइँदै छ ।” निर्वाचन आयोगले पनि दलसँग परामर्श नै नगरी मतपत्रको रङ फेर्ने विषय अनौठो भएको उनको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...