अधिकार प्राप्तिको लडाइँ जारी छ : उपेन्द्र यादव

213

राजविराज । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले देशमा शोषित, पीडितको अधिकार प्राप्त नभएसम्म जनता समाजवादी पार्टीले अधिकारको लडाइँ लडिरहने बताएका छन् ।

सप्तरीको तिलाठी गाउँपालिका–८ तोपामा सडकको शिलान्यास गर्ने क्रममा उनले जसपाले मधेसी, मुस्लिम तथा शोषित उत्पीडितका लागि लड्दै आइरहेको बताए ।

राज्य पक्षसँग राजनीतिक अधिकारको लडाइँ अहिले पनि जारी रहेको बताउँदै विभेदमा परेको सम्पूर्ण नेपालीहरुका अधिकार प्राप्त नहुञ्जेलसम्म आफू लडाइँबाट पछि नहटने उनले प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले सप्तरीबासीले ४० वर्षसम्म नदेखेको विकास जसपाले गत ४ वर्षमा गरेको दाबी गरिन् ।

Share This:
सम्बन्धित खबर
Loading...