कांग्रेसले भ्यु टावर बनाउँदैनौँ भनेर प्रतिज्ञा गर्नुपर्छ : शेखर कोइराला

263

दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले नेपालमा विकासमा अनावश्यक खर्च गरिएको बताएका छन् ।

तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित सिमलटार खानेपानी दृश्यावलोकन स्तम्भ (भ्यु टावर) बनाउने नाममा अनावश्यक खर्च गरिएको भन्दै त्यसमा लगानी गर्ने पैसाले अस्पताल र विद्यालय बनाउनुपर्नेमा जोड दिए ।

“विकासका लागि पैसा छैन भन्छौँ, भ्यु टावरमा अनावश्यक खर्च गरिरहेका छौँ, मधेसमा जानुभया भने सडक सडकमा गेट बनाइराखेका छन्,” उनले भने, “यस्तो काम रोकिनुपर्छ ।”

कांग्रेसका नेता तथा कार्यकर्ताले घोषणापत्र बनाउँदा भ्यु टावर बनाउँदैनौँ भनेर प्रतिज्ञा गर्नुपर्ने उल्ले गर्दै उनले भने,“चुनाव आउँदै छ, भ्यु टावर बनाउँदा लाग्ने खर्च अस्पताल, विद्यालयमा लगानी गर्छौँ भनेर प्रतिबद्धता गर्नुस्, त्यसो गरेको खण्डमा नेपाली कांग्रेसका लागि फाइदा हुन्छ ।”

नेता कोइरालाले तनहुँ सुगम भए पनि मानिस अझै पनि डोकामा पानी लिन जानुपर्ने अवस्था विडम्वना रहेको बताए । “देश कस्तो अवस्थामा गुज्रिरहेको छ भन्ने यसले देखाएको छ, तनहुँमा त यस्तो अवस्था छ भने दुर्गम जिल्लामा के अवस्था होला भनेर बुझ्न जरुरी छ,” उनले भने ।

Share This:
सम्बन्धित खबर
Loading...