ओलीलाई थापाको कटाक्ष : मिर्गौला पीडितलाई सरकाले ५ हजार दिन्छ, लिन आउनुस् भन्न मिल्छ ?

258

काठमाडौँ । नेपाली कांग्रेका महामन्त्री गगन थापाले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन् ।

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘वृद्धा भत्ता लिन आउनुस्’ भनेको भनाइप्रति महामन्त्री थापाले कटाक्ष गरेका हुन् ।

इन्द्रावती गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले भने,“एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई ७० वर्ष नाघिसक्नुभयो । उज्यालेमा आउँदा अप्ठ्यारो होला अँध्यारोमा अब वृद्ध भत्ता लिनु भन्नुभयो । अनि मैले पनि उहाँलाई अहिले मिर्गौला पीडितलाई सरकारले ५ हजार दिने व्यवस्था गरेको छ । तपाईं पनि लिन आउनुनस् भन्न मिल्छ ? हामी त्यो स्तरमा जान मिल्छ ?”

महामन्त्री थापाले प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल नै नगरेको भन्ने ओलीको भनाइप्रति सत्यता नभएको बताए । “छलफलका लागि प्रधानमन्त्रीले फोन गर्दा बाहिर छु भ्याउँदिन भन्नुभयो । त्यही कुरा हिजो सार्वजनिक कार्यक्रममा सरासर झुट बोल्नुभयो । त्यही कुरा मिडियाले स्थान दिए,” उनले भने ।

महामन्त्री थापाले आगामी निर्वाचनमा ओलीलाई ५ वर्षका लागि पाएको अवसर किन दुरुपयोग गरेको भन्दै प्रश्नसमेत गरेका छन् । ओलीप्रति प्रश्न गर्दै थापाले भने,“नेकपा सरकार हुँदा ओलीले ५ वर्ष सरकार चलाउने मौका पाउँदा किन विकास नगरेको पार्टी र संसद् किन तोडेको भनेर सोध्न सक्नुपर्छ ।”

स्थानीय तहको निर्वाचनमा तालमेलबारे पार्टीभित्र फरक मत राखेपछि पार्टीको निर्णय सबैले मान्नुपर्ने उनको भनाइ छ । गत निर्वाचनमा ओलीले माओवादी केन्द्रसँग रातारात गरेको तालमेल सही भए अहिले कांग्रेसले गरेको गठबन्धन पनि सहि हुने दाबी गरे । यस्तै, थापाले जनतासँग नेता डराउनुपर्ने बताएका छन् । अघिल्लो चुनावमा गर्छु भनेका काम र विकास पूरा नगराएका व्यक्ति जनतासँग डराउनुपर्ने तर यसको उल्टो हुँदै गएको बताए ।

गठबन्धनले तल्लो तहसम्म परिपत्र गरेकाले तल्लो तहको निर्णयअनुसार केन्द्रले निर्णय गर्ने बताए ।

Share This:
सम्बन्धित खबर
Loading...