तीनै तहको निर्वाचनमा गठबन्धन हुन्छ : मन्त्री कार्की

212

इनरुवा । नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्ता गठबन्धन दलभित्रै अब हुने सबै निर्वाचनमा चुनावी गठबन्धन हुने बताएका छन् ।

सुनसरीको वराहक्षेत्र नगरपालिका–१ वडा कार्यालयको भवन उद्घाटन कार्यक्रममा उनले आउने स्थानीय तहको निर्वाचनसँगै प्रदेश र संघको निर्वाचनमा सत्ता घटक दलभित्रै चुनावी गठबन्धन हुने स्पष्ट पारे ।

उनले अहिले सत्ता गठबन्धन सबै निर्वाचनसम्म कायम रहने र गठबन्धन हुने ठाउँमा त्यही दलभित्र चुनावी तालमेल हुने बताउँदै गठबन्धन नहुने स्थानमा मित्रवत प्रतिस्पर्धा हुने उल्लेख गरे । मन्त्री कार्कीले देशलाई विकसित र जनतालाई समृद्ध बनाउने अभियानका साथ वर्तमान सरकारले काम गरिरहेको दाबी गरे ।

हाम्रो देशलाई १० वर्षभित्रमा एसियाकै धनी राष्ट्र बनाउने सरकारले लक्ष्य लिएको मन्त्री कार्कीले बताए ।

उनले देशको विकास खोक्रो भाषणले नभइ आर्थिक स्रोत व्यवस्थापन र योजनाले हुने भएकाले सोहीअनुसार अहिलेको सरकारले स्रोत व्यवस्थापन गर्नुका साथै विकास निर्माणको विभिन्न योजना लिएर अगाडि बढिरहेको दाबी गरे ।

बराह क्षेत्रका जनतालाई मूल समस्याको रुपमा रहेको टेलिफोन, मोबाइल टावर, विभिन्न सडक निर्माणको कार्य गर्नका लागि आफूले सक्दो बजेट व्यवस्थापन गर्ने मन्त्री कार्कीले प्रतिबद्धता व्यक्त गरे ।

Share This:
सम्बन्धित खबर
Loading...