पार्टीको निर्णय सबैले मान्नुपर्छ : गगन थापा

249

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आउँदो चुनावमा तालमेलबारे पार्टीभित्र फरक मत राखे पनि पार्टीको निर्णय सबैले मान्नुपर्ने बताएका छन् ।

इन्द्रावती गाउँपालिकाको गौरवको योजना इन्द्रवती रंगशाला र गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन कार्यक्रममा उनले भने,“तालमेल गर्नेबारे पार्टीमा निरन्तर छलफल गर्दैछौँ ।”

इन्द्रावती गाउँपालिकाको प्रशासनिक भवन ६ करोडमा तयार भएको हो भने इन्द्रवती रंगशाला ३ करोड ७९ लाखमा तयार भएको हो । रंगशालाको प्याराफिटमा १ हजार ४०० व्यक्ति अट्ने क्षमता रहेको छ ।

इन्द्रवाती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले आफ्नो कार्यकालमा सक्दो विकासको प्रयास गरेको बताए ।

इन्द्रवती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले इन्द्रवतीले विकासको फड्को मारेको दाबी गरे ।

Share This:
सम्बन्धित खबर
Loading...