संविधान कार्यान्वयनका लागि गठबन्धन आवश्यक : मन्त्री झाँक्री

204

धनकुटा । सहरी विकासमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले लोकतन्त्रलाई सही बाटोमा हिँडाउँदै संविधान कार्यान्वयनका लागि वर्तमान गठबन्धन आवश्यक रहेको बताएकी छन् ।

एकीकृत समाजवादीले धनकुटामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री झाँक्रले नेपालमा संविधान कार्यान्वयनसँगै दिगो विकासको आवश्यकता रहेकाले त्यसलाई पूर्णता दिन आसन्न चुनावसम्म गठबन्धन आवश्यक रहेको बताइन् ।

वर्तमान गठबन्धन सरकारका दलहरुले साझा घोषणापत्रका साथ चुनावमा जानेसमेत कार्यक्रमका अवसरमा मन्त्री झाँक्रीले बताइन् ।

नेकपा (एमाले)मा आफूहरुको निकै ठुलो योगदान रहेको भएपनि नेतृत्वमा रहेको केही नेताहरुको मिचाहा प्रवृत्तिका कारण एमाले छाड्नुपरेको समेत कार्यक्रमका अवसरमा मन्त्री झाँक्रीले बताइन् ।

Share This:
सम्बन्धित खबर
Loading...