माओवादीले स्थानीय तहमा ‘विशिष्ट परिस्थिति’बाहेक उम्मेदवार नदोहोर्‍याउने

287

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले आगामी स्थानीय तह निर्वाचनमा ‘सकभर’ विगतका जनप्रतिनिधिलाई नदोहोर्‍याउने भएको छ ।

विशिष्ट परिस्थितिमा बाहेक सामान्यतय विगतका प्रतिनिधिलाई नदोहोर्‍याउने गरी उम्मेदवार छनोट र सिफारिस गर्न माओवादीले मातहात पार्टी कमिटीलाई विशेष परिपत्र जारी गरेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रदेश इञ्चार्ज तथा अध्यक्षलाई परिपत्र गर्दै उम्मेदवार छनोटका लागि ६ ओटा मापदण्ड तोकेका हुन् ।

उम्मेदवार छनोट गर्दा देश, जनता, पार्टी र क्रान्तिकारी निष्ठावान, स्वच्छ छबी, पार्टी अनुशासनप्रति निष्ठावान, लोकप्रिय र समानुपाति समावेशी प्रतिनिधित्वको आधारमा बनाउन निर्देशन दिइएको छ ।

यस्ता छन् उम्मेदवार बन्नका लागि मापदण्ड
विशेष परिस्थितिमा बाहेक सामान्यतया विगतका प्रतिनिधिलाई नदोहोर्‍याउने
देश, जनता, पार्टी र क्रान्तिप्रति निष्ठावान रहेको हुनुपर्ने
स्वाच्छ छबी भएको हुनुपर्ने
विजयको सम्भावना भएको लोकप्रिय व्यक्ति छनोटमा ध्यान दिने
पार्टी अनुशासनप्रति निष्ठावान हुनुपर्ने
समानुपातिक समावेशी प्रतिनिधित्वको आधारलाई विशेष ध्यान दिने

Share This:
सम्बन्धित खबर
Loading...