रसुवा कांग्रेसको घरदैलो अभियान तीव्र, आचार्य भन्छन्– पाँच ओटै गाँउपालिकामा विजय निश्चित

273

रसुवा । आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचन लक्षित गरी नेपाली कांग्रेसले हिमाली जिल्ला रसुवामा चुनावी गतिविधि बढाएको छ । पाँच गाउँपालिका रहेको रसुवामा कांग्रेस पार्टीले घरदैलो अभियानलाई तीव्रता दिएको छ ।

नेपाली कांग्रेसले जिल्लाभर चुनावी अभियान सञ्चालन गरिरहेको छ । ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानका साथ नेताहरू वडास्तरसम्म परिचालन भएको कांग्रेसले जनाएको छ । यसअघि जिल्लामा केन्द्रीयस्तरका नेताबाट समेत पार्टी प्रशिक्षणलगायतका काम गरिसकेको कांग्रेसले अघिल्लो निर्वाचनभन्दा यसपटक माहोल आफ्नो पक्षमा रहेको दाबी गरिरहेको छ ।

रसुवाबाट प्रतिनिधिसभा सांसद् एवम् कांग्रेस केन्द्रीय सदस्य मोहन आचार्य यस पटक पाँच ओटै गाउँपालिकामा नेपाली कांग्रेसले विजय हासिल गर्ने बताए ।

संमृद्ध रसुवा निर्माणका लागि रसुवाली जनताले कांग्रेसलाई नै रोज्ने उनी बताउँछन् । कांग्रेसले नेतृत्व गरेका गाँउपालिकामा सम्पन्न विकास निर्माणका गतिविधिले यसको पुष्ठि गरिसकेको उनले बताए ।

पाँच स्थानीय तह भएको रसुवामा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले दुई गाउँपालिका, नेकपा (एमाले) ले दुई गाउँपालिका र नयाँ शक्ति नेपालले एक गाउँपालिकामा विजय हासिल गरेको थियो । नयाँ शक्ति पार्टी अहिले कांग्रेस पार्टीमा विलय भइसकेको छ। रसुवामा ३२ हजार ३२३ मतदाता रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...