अरुण तेस्रो मुआब्जा विवाद : छ्याङ्कुटी–पुखुवा सडकखण्डको छुट मुआब्जा उपलब्ध गराइने

471

खाँदबारी । सङ्खुवासभामा निर्माणाधीन अरुण–३ जलविद्युत् परियोजनाको पहुँच मार्गअन्तर्गत छ्याङ्कुटी–पुखुवा (०–२४ किमी) खण्डअन्तर्गतको छुट मुआब्जा उपलब्ध गराइने भएको छ ।

छुट मुआब्जा उपलब्ध गराउने निर्णय बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो ।

यसअघि मुआब्जा नपाएका तर लगत विवरण वा निर्धारण भएकोभन्दा बढी जग्गा लगत कट्टा भइ सरकारी स्वामित्व कायम भएको जग्गालाई जग्गाप्राप्ति ऐन, २०३४ बमोजिम मुआब्जा वितरण गर्न गृह मन्त्रालयमार्फत् जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिने निर्णय गरिएको हो ।

उक्त निर्णयसँगै अब मुआब्जा लिन बाँकी रहेकाले मुआब्जा पाउने भएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...