काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले देशलाई अप्ठ्यारो पर्दा बचाउने काम माओवादीले गर्दै आएको दाबी गरेका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालको वार्षिकउत्सव कार्यक्रममा बोल्दै प्रचण्डले संकट मोचनको भूमिका माओवादीले खेल्ने गरेको उनले बताए ।
“देशलाई अप्ठ्यारो पर्दा बचाउने काम माओवादीले गर्दै आएको छ,” उनले भने,“शान्ति सम्झौतादेखि एमसीसी पास गर्नेसम्मका काममा माओवादी अग्रसर रह्यो ।”
प्रचण्डले माओवादीप्रति जनताको फेरि आकर्षण बढेको बताए । तर, यसमा आफूले अहंकार नगरेको उनको भनाइ छ । “माओवादीप्रति फेरि आकर्षण बढेको छ । यसो भनेर अहंकार गरेको छैन,” उनले भने ।