कुरा होइन, काम गरेर देखाऔँ : राजेन्द्र लिङ्देन

584

कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कुरा मात्र गरेर होइन काम गरेर देखाउनुपर्ने समय आएको बताएका छन् ।

निर्वाचनको बेला कुरा गरेर जनतालाई आफूतर्फ ल्याउने र पछि कुनै काम नगर्ने प्रचलन अब अन्त्य भएको जिकिर गरे । कपिलवस्तुको जितपुरमा आयोजित पार्टीको आमसभा तथा प्रवेश कार्यक्रममा अध्यक्ष लिङ्देनले मुलुकलाई समृद्ध बनाउन देश र जनतालाई शिरमा राखेर काम गर्नुपर्ने बताए ।

“पटक–पटक अन्य पार्टीलाई जिताउनुभयो, अब एक पटक राप्रपालाई जिताउनुहोस्,” उनले भने,“पाँच वर्षका लागि राप्रपालाई जिताएर देशको मुहार फेर्ने छौँ ।”

३१ वर्षसम्म देशमा नेतृत्व गरेका दलले देश विकास गर्न नसकेको जिकिर गर्दै उनले अब नागरिक सजग भएर राप्रपालाई मतदान गर्नुपर्ने बताए ।

Share This:
सम्बन्धित खबर
Loading...