एमालेको विजयी यात्रालाई कसैको तागतले रोक्न सक्दैन : विष्णु पौडेल

276

काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले एमालेविरुद्ध गरिएको गठबन्धनले पार्टीलाई कुनै असर नगर्ने प्रष्ट पारेका छन् ।

प्रेस चौतारी रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै पौडेलले वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा एमालेले ६० प्रतिशतभन्दा बढी स्थानमा जित्ने दाबी गर्दै गठबन्धनको कुनै औचित्य नभएको प्रष्ट पारे ।

पौडेलले एमालेलाई सिध्याउन कानुनको धज्जी उडाएर अदालत न्यायलयलाई दुरुपयोग गरेर, मिडियालाई प्रयोग गरेर लागे पनि सफल नभएको भन्दै राष्ट्रिय राजनीतिको नेता एमाले रहेको बताए ।

उनले गत निर्वाचनभन्दा यस पटकको निर्वाचनमा गुणात्मक जित हासिल गर्ने दाबी गर्दै एमालेले गरेका ठुला ठुला विकास निर्माणका कामहरुलाई जनतासमक्ष ल्याउन सञ्चारकर्मीहरुलाई आग्रह गरे ।

उपाध्यक्ष पौडेलले अन्य दलहरुले गठबन्धन गर्नु र नगर्नुमा कुनै अर्थ नभएको जिकिर गर्दै एमालेको विजयी यात्रालाई कसैको तागतले रोक्न नसक्ने बताए ।

उपाध्यक्ष पौडेलले गठबन्धनको पट्का पड्काएर एमालेलाई चुनावमा तर्साउन सकिन्छ भन्ने भ्रम नपाल्न आग्रह गरे ।

Share This:
सम्बन्धित खबर
Loading...